तीन पत्रकारलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार

तीन पत्रकारलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार

सुर्खेत । कर्णाली प्रदेश पत्रकारिता पुरस्कार-२०८० बाट तीन जना पत्रकार पुरस्कृत भएका छन्।

पुरस्कृत हुने अन्नपूर्ण पोष्ट जाजरकोटमा कार्यरत राजेन्द्र कार्की, कान्तिपुर दैनिक कालिकोटमा कार्यरत तुलाराम पाण्डे र सुर्खेतबाट अनलाइन खबरमा कार्यरत यज्ञ खत्री रहेका छन्।

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो। उनिहरूलाई जनही ५० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ।

उनीहरुले पत्रकारितामार्फत कर्णालीको विकास र सामाजिक रुपान्तरणमा योगदान दिए बापत प्रदेश सरकारले पुरस्कृत गरेको हो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार