काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत धादिङ र काठमाडौको सिमानामा पर्ने नागढुङ्गा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो ।
पहिरो ठूलो भएकोले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जानकारी दिएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।