डाक्टर मौमिता र विपदबाट ज्यान गुमाउनेहरुको सम्झनामा मुसिकोटमा दिप प्रज्वलन

डाक्टर मौमिता र विपदबाट ज्यान गुमाउनेहरुको सम्झनामा मुसिकोटमा दिप प्रज्वलन

मुसिकोट । रुकुम पश्चिमको मुसिकोटमा बुधबार भारतीय चिकित्सक मौमिता देवनाथ र बाढी पहिरोमा परेर ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

मुसिकोट नगरपालिका १ कालिकाथानमा स्वतन्त्र विद्यार्थी यूनियन, रुकुमेली क्याम्पस र नेपाल विद्यार्थी संघ मुसिकोट नगर कार्यसमितिको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो ।

भारतीय चिकित्सक मौमिता देवनाथ र बाढी पहिरो तथा अन्य प्राकृतिक विपदका घटनामा परेर ज्यान गुमाएहरुको आत्मको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको रुकुमेली क्याम्पसका स्ववियु सभापति अनिशेष केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका सह सचिव यज्ञ बिष्ट, पार्टीका जिल्ला सदस्य तथा प्रवक्ता लालबहादुर ओली, मुसिकोट नगर समितिका सचिव सुर्य प्रकाश शर्मा, कर्मचारी युनियन रुकुम पश्चिमका अध्यक्ष देवबहादुर ओली, ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष देवबहादुर खड्का, नेवि संघ मुसिकोट नगर सभापति चन्द्र बहादुर ओली लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार