स्थानीय तह स्वमूल्यांकनमा त्रिवेणी गाउँपालिका अब्बल साबित

स्थानीय तह स्वमूल्यांकनमा त्रिवेणी गाउँपालिका अब्बल साबित

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार रुकुम पश्चिमका ६ वटा स्थानीय तहहरुमध्ये त्रिवेणी गाउँपालिका अब्बल साबित भएको छ । त्रिवेणी गाउँपालिकाले ८२ दशमलब ५० अंक प्राप्त गर्दै आफूलाई अब्बल गरेको हो ।

यस्तै जिल्लाकै चौरजहारी नगरपालिकाले ८० दशमलब ५० अंक प्राप्त गरेर दोस्रो भएको छ । आठ्बिसकोट नगरपालिकाले ७२ अंक ल्याएर तेस्रो, सानीभेरी गाउँपालिकाले ७१ दशमलब ७५  अंक ल्याएर चौथो भएको छ ।

यसैगरि मुसिकोट नगरपालिकाले ७१ अंक र बाँफिकोट गाउँपालिकले ५६ अंक प्राप्त गरेका छन ।

गाउँ तथा नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्वमूल्यांकनको प्रणाली कार्यान्वयनमा ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सूची:

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार