काठमाडौँ । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले यातयात कार्यालयहरूमा अनिवार्य टोकन प्रणाली लागू गर्न कार्यालय प्रमुखहरुलाइ निर्देशन दिएका छन ।
शुक्रबार मन्त्रालयमा कार्यालय प्रमुख सहितको बार्षिक समीक्षा कार्यक्रममा मन्त्री न्यौपानेले यातायात कार्यालहरुमा सेवाग्राहीले भोग्दै आएको समस्या तत्काल समाधान गर्न निर्देशन दिए । यातायात कार्यालहरुमा टोकन प्रणाली लागू नहुँदा सेवाग्राहीहरु लामो समय सम्म लाइन बस्नु पर्ने असहजता रहँदै आएको छ । सेवा लिन जाने सेवाग्राहीलाई यो सास्ती दिन नहुने भन्दै तत्काल टोकन प्रणाली लागू गरेर सहज बनाइनु पर्ने मन्त्री न्यौपानेको जोड थियो ।
सेवा लिन कार्यालय पुग्ने सेवाग्राही लामो समय सम्म लाइनमा उभिएर सास्ती पाइराखेको अवस्था छ, यो सास्ती बाट नागरिकलाइ मुक्ती दिइनु पर्छ, मन्त्री न्यौपानेले भने यसका लागि तत्काल कार्यालयमा सेवाग्राहीका लागि टोकनको ब्यवस्थापन गर्नुस् । नागरिकलाई सेवा लिनका लागि सास्ती दिने प्रवृत्ति गलत भएको भन्दै मन्त्री न्यौपानेले अहिले सम्म भैरहेका सबै गलत ट्रेण्ड रोकिनु पर्ने बताए ।
यसैगरि मन्त्री न्यौपानेले भनसुनका आधारमा सवारी चालक अनुमती पत्र दिन नहुने भन्दै यसमा कडा नियमन गर्न पनि कार्यालय प्रमुखलाइ निर्देशन दिए । सवारी साधन चलाउन पोख्त भएकालाइ मात्रै उनिहरुको क्षमताका आधारमा लाइसेन्स बितरन गरिनु पर्ने भन्दै मन्त्री न्यौपानेले लाइसेन्स लिइसकेपछी सवारी साधन चलाउन सिक्ने प्रवृत्ति रोकिनु पर्ने बताए ।
पहिला लाइसेन्स लिने र लाइसेन्स लिसकेपछी गाडी चलाउन सिक्ने गलत प्रवृत्ति बसेको छ, अब लाइसेन्स लिएर गाडी चलाउन सिक्ने हैन, गाडी चलाउन पोख्त भएपछी मात्रै लाइसेन्स दिने काम गरौं, मन्त्री न्यौपानेले भने गाडी चलाउन पोख्त नभएकालाई समेत लाइसेन्स थमाइदिदा दुर्घटना को खतरा निम्तने हुन्छ ।
यसैगरि मन्त्री न्यौपानेले पर्यटन बिकासका सन्दर्भमा प्रदेशका पर्यटकिय स्थलहरुको भरपुर प्रचार प्रसार गरेर यहाँ पर्यटकको आगमन बढाउने गरि काम गरिनु पर्ने बताए । पर्यटकहरुलाइ पर्यटकिय स्थल सम्म पुग्नका लागि सडकको अपरिहार्यता रहने भन्दै मन्त्री न्यौपानेले सडक निर्माणका लागि सम्बन्धित मन्त्रालय संग समन्वय गरेर अघि बढिने समेत बताए । पर्यटकिय बिकास प्रदेशको समृद्धिको प्रमुख आधार रहेको भन्दै मन्त्री न्यौपानेले ओअर्यटन बिकासमा सबैको हातेमालो अत्यन्त जरुरी रहेको समेत बताए ।


 
					
							 
			 
                             
                             
                             
                             
                            