ट्रेड युनियन काँग्रेस रुकुम पश्चिमको जिल्ला परिषद सम्पन्न

ट्रेड युनियन काँग्रेस रुकुम पश्चिमको जिल्ला परिषद सम्पन्न

मुसिकोट । नेपाल ट्रेड युनियन काँग्रेस रुकुम पश्चिमको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ ।

श्रम शक्तिको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो भन्ने मुल नाराका साथ खलंगास्थित बिपि स्मृति भवनमा जिल्ला परिषद सम्पन्न भएको हो ।

कार्यक्रममा काँग्रेसका जिल्ला सचिव प्रमेश्वर भण्डारी, सह सचिव यज्ञ बिष्ट, मुसिकोट नगरपालिका सभापति प्रेम बहादुर वली, नेपाल शिक्षक संघका अध्यक्ष डम्बर बहादुर खड्का, ट्रेड युनियन काँग्रेस पूर्व अध्यक्ष दिनेश खड्का, नेपाल निजामती कर्मचारी युनियनका प्रतिनिधि कमल केसी , शिक्षक महासंघ जिल्ला सचिव शेर बहादुर खड्का लगाएतको आथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकाश वक्ताहरुले ट्रेड युनियनले प्रभावकारी रुपमा काम गर्नु पर्नेमा जोड दिएका थिए ।

ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष देव बहादुर खड्काको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन सह सचिव टेक बहादुर खत्रीले गर्नुभएको थियो भने बरिष्ठ उपाध्यक्ष शंकर कुमार रावलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार