३० वर्षे सेवा अवधि लागू नगर्न देशभरका युनिटलाई प्रहरीको पत्राचार

३० वर्षे सेवा अवधि लागू नगर्न देशभरका युनिटलाई प्रहरीको पत्राचार

काठमाडौँ । ३० वर्षे सेवा अवधि पुगेका प्रहरी कर्मचारीलाई अवकाश नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई पत्राचार गरेको छ ।

आइतबार सर्वोच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले भ्याकेट (पुनरावलोकन) मा जाने भनेलगत्तै प्रहरी प्रधान कार्यालयले आइतबार (भदौ ९) को मितिमा उक्त पत्राचार गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ (क) सहितका रिट निवेदकको मागबमोजिम सर्वोच्च अदालतले भदौ ७ गते ३० वर्षे सेवा अवधिका आधार तत्काल कसैको अवकाश नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशले भदौ १५ मा ३० वर्षे सेवा अवधि लागेर अवकाश हुन लागेका ९० प्रहरी अधिकृतले अर्को आदेश नभएसम्म अवकाश हुनु नपर्ने भएको छ । सर्वोच्चले असोज १० गते अर्को पेशी तोकेको छ ।

नेपाल प्रहरीका कर्मचारीका हकमा ३० वर्षे सेवा अवधि लागू नगर्न सर्वोच्चबाट अन्तरिम आदेश आएसँगै आइतबार नै सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्रीसहित १२ जनाले अर्को रिट दायर गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार