सल्यानमा चट्याङ लागेर प्रधानाध्यापक मृत्यु

सल्यानमा चट्याङ लागेर प्रधानाध्यापक मृत्यु

काठमाडौँ । सल्यानमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका १का वडा अध्यक्ष रविलाल खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो ।

सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो जानु भएका कार्कीलाई चट्याङले हानेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले जानकारी दिनु भयो ।

उहाँका अनुसार कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार