३४ तोला सुन, साढे १० किलो चाँदी बरामद

३४ तोला सुन, साढे १० किलो चाँदी बरामद

काठमाडौँ । बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदी बरामद गरेको छ।

सोमबार दिउँसो विषेश सुराकीको आधारमा प्रहरीले बिल भरपाइ नभएको ३४ तोला सुन र साढे १० केजी चाँदीसहित केही मानिसलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूलाई पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गरिने एसपी कार्कीले बताउनु भयो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले विषेश सूचनाका आधारमा सुन बनाउने एक कारखानामा सुन दिन गएका व्यक्तिलाई पिछा गर्ने क्रममा ठूलो परिमाणमा सुन र चाँदीसहित केही मानिसलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूले ‘सुनारमण्डली’ भन्ने ठाउँबाट ३४ तोला सुन र चाँदी ल्याएको प्रारम्भिक बयान दिएको डिएसपी डाँगीले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार