टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

टेक्सस (अमेरिका), । टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आउनुभएको नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उहाँको छातीमा धेरै गोली लागेको थियो ।

२१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका आउनुभएको हो । उहाँ सो अपार्टमेन्टमा एक्लै बस्दै आउनुभएको जनाइएको छ ।

संदिग्ध अपराधीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटना थाहा भएपछि अपार्टमेन्टका अधिकारीहरुले एम्बुलेन्सलाई फोन गरेपछि तत्काल आएका एम्बुलेन्सका चिकित्सकहरुले जाँच गर्दा घटनास्थलमा नै उहाँको मृत्यु भइसकेको जनाएका थिए । प्रहरीले संदिग्ध अपराधीको बारेमा जानकारी दिन अनुरोध समेत गरेको छ ।

ह्युज्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको जनाइएको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचारपत्रहरुले जनाए अनुसार उहाँको एक जना श्वेत अमेरिकन केटासँग प्रेम सम्बन्ध थियो ।

उहाँकी आमा अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाउन नेपाली समुदायलाई आग्रह गर्नुभएको छ । गोरखापत्र अनलाइनबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार