मुना पाण्डेको हत्याका अभियुक्तको तस्बिर सार्वजनिक

सिसीटिभी फुटेजबाट पत्ता लाग्यो अभियुक्त, पहिचान खुल्न बाँकी

मुना पाण्डेको हत्याका अभियुक्तको तस्बिर सार्वजनिक

सिसीटिभी फुटेजबाट पत्ता लाग्यो अभियुक्त, पहिचान खुल्न बाँकी

काठमाडौँ । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।

अमेरिकामा नेपाली पत्रकारहरूले सञ्‍चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बिर सार्वजनिक भएपनि पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको थियो ।

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार