स्यार्पुतालमा चल्न थाल्यो मोटरबोट

स्यार्पुतालमा चल्न थाल्यो मोटरबोट

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोटस्थित स्यार्पुतालमा मोटरबोट चल्न थालेको छ ।

भदौ १० गतेबाट जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर ३ र ५ मा फैलिएको स्यार्पुतालमा पहिलो पटक मोटरबोट सञ्चालनमा आएको हो ।

स्थानीय दरिभान पुरीले व्यक्तिगत लगानीमा मोटरबोट सञ्चालनमा ल्याउनु भएको हो । पछिल्लो समय स्यार्पुताल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको र घुम्न आउने पर्यटकलाई मध्यनजर गरेर मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक पुरीले बताउनु भयो। उहाँले नयाँ मोटरबोट ल्याएसंगै घुम्न आउनेहरुको पहिलो रोजाइमा मोटरबाट नै पर्ने गरेको बताउनुभयो ।

पुरीले इटहरीबाट १८ लाखमा मोटरबोट ल्याउनु भएको हो। मोटरबोट चढ्न प्रतिव्यक्ति तीन सय रुपैयाँ तिर्नु पर्छ ।

मोटरबोटमा भिडियो र फोटो खिच्न क्यामेराको पनि व्यवस्था पनि रहेको उनको भनाई छ । एक पटकमा चालक सहित ९ जना सम्म मोटरबोटमा चढ्न मिल्ने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार