मुख्य सचिवमा एकनारायण नियुक्त

मन्त्रिपरिषद् बैठक

मुख्य सचिवमा एकनारायण नियुक्त

मन्त्रिपरिषद् बैठक

काठमाडौं । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहनुभएका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

मुख्यसचिव लीलादेवी गड्तौलाले अनिवार्य अवसकास पाउने भएपछि सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो। मुख्यसचिव गड्तौला भदौ १५ गतेदेखि अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ। सरकारले गत साउन १० गते गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो।

मुख्यसचिव अर्याल विसं २०४६ माघ ४ गते निजामती सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । विसं २०५१ फागुन ४ गते शाखा अधिकृत नियुक्त हुनुभएका अर्याल २०५८ माघ ६ गते उपसचिव हुनुभएको हाहे । त्यसपछि उहाँ २०६७ फागुन १९ गते सहसचिव र २०७६ फागुन १८ गते सचिवमा नियुक्त हुुनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार