ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ ।

पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो ।

आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो ।

विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको छ । विष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो बस्तु पनि भेटिएको छ ।

विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको छ । हाल सो स्थानलाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार