अखिल (क्रान्तिकारी) को अध्यक्षमा केशव रावलको उम्मेदवारी घोषणा

अखिल (क्रान्तिकारी) को अध्यक्षमा केशव रावलको उम्मेदवारी घोषणा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षमा केशव रावलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

रावल अहिले अखिल (क्रान्तिकारी) को उपाध्यक्ष हुनुहुन्छ ।

सामाजिक सञ्जाल मार्फत रावलले अध्यक्ष पदमा आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

रुकुुम पूर्वबाट देशैभरमा पहिलो नम्बरमा प्रतिनिधि सिफारिस भएको भन्दै रावलले अध्यक्षमा उम्मेदवार बन्ने बताउनुभयो । रुकुम पूर्वले २३औं जिल्ला सम्मेलन सम्पन्न गर्दै चन्द्र रसाइलीलाई अध्यक्ष चयन गरेको छ । सोहि सम्मेलनले रावलसहित नेताहरु रेवन खड्का, वेदना बुढा, तिलक रसाइली, विकाश खड्का लगाएतलाई प्रतिनिधि छनोट गरेको बताइएको छ ।

अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन असोज २ देखि ५ गतेसम्म काठमाडौँमा हुदैछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार