आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ।

आज हुने बैठक साउन २३ गतेदेखि चलिरहेको केन्द्रीय समिति बैठकको निरन्तरता हो।

यसअघि बुधबार बस्ने तय भएको बैठक दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेक समसामियक राजनीतिक प्रस्तावबारे विवाद भएपछि छलफल गरेर सहमति जुटाउन बैठक सारिएको थियो।

गत फागुनमा महासमिति बैठकमा पेस गरेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्ने भनिएको थियो।

महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि नै छलफल भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार