जिल्ला अस्पताल सल्लेमा कर्मचारी युनियनद्वारा फलफूल वितरण

जिल्ला अस्पताल सल्लेमा कर्मचारी युनियनद्वारा फलफूल वितरण

मुसिकोट । नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

युनियनको स्थापना दिवसको अवसरमा बुधकार अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।

नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमका अध्यक्ष देव बहादुर ओलीका अनुसार अस्पतालमा उपचाररत ३६ जना बिरामीलाई फलफूल वितरण गरिएको हो ।
बिरामीहरुलाई फलफूल वितरणका साथै बिरामीको स्वास्थ्य लाभको कामना समेत गरिएको अध्यक्ष ओलीले बताउनुभयो ।

फलफूल वितरण कार्यक्रममा मुसिकोट नगरपालिकाका पमुख महेन्द्र केसी, नेपाली काँग्रेसका कोषाध्यक्ष मोहवीर खड्का, सह सचिव यज्ञ बिष्ट, जिल्ला सदस्य तथा प्रवक्ता लालबहादुर ओली, मुसिकोट नगर सभापति प्रेम ओली, आधिकारिक ट्रेड युनियनका अध्यक्ष जोगेन्द्र पुन, महाधिवेशन प्रतिनिधि डिल्लीबहादुर ओली, अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, जिल्ला अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार