टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी

टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी

काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छिन् । आज बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै पालामा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले संगीता पहाडी, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेकोमा नयाँ मन्त्री पृथ्वीसुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएसँगै पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आएकी थिइन् । यसअघि पनि उनी सम्भावित दाबेदारका रूपमा लिइँदै आएकी थिइन् ।

२०७८ मा पनि पहाडीको नाम पहिलो नम्बरमा नै सिफारिस भएको थियो । तत्कालीन प्रमुख व्यावसायिक अधिकृत पहाडीकोलाई नियुक्त हुनु पर्ने भन्दै टेलिकमका कर्मचारीले आन्दोलनसमेत गरेका थिए ।

नेपाल टेलिकममा तार रहित सञ्जाल विज्ञका रूपमा कार्यरत पहाडीसँग झन्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव हुनुका साथै कार्यवाहकसमेत चलाइसकेकीले छोटो अवधि रहे पनि उनको नेतृत्वले टेलिकमले गति लिने विश्वास कर्मचारीहरूको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जताततै महिलाहरूलाई प्राथमिकता दिइरहँदा टेलिकममा पनि प्रबल उम्मेदवार रहेकी पहाडीलाई नियुक्ति दिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार