काँग्रेस कानुन विभागले संविधान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने

काँग्रेस कानुन विभागले संविधान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कानून विभागले संविधान दिवसमा अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

आज नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा बसेको विभागको बैठकले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको विभागका प्रमुुख मानबहादुर नेपालीले जानकारी दिनुभयो ।

बैठकले नेपाली कांग्रेस केन्द्रीय कानून विभागको सचिवको नियुक्ति नभएसम्म सचिवको रुपमा कामकाज गर्नका लागि विभागका सदस्य कलमबहादुर खत्रीलाई दिने निर्णय गरेको छ । विभागका प्रमुख नेपालीले भन्नुभयो विभागले आफ्नो वार्षिक कार्यतालिका (क्यालेण्डर)  तयार गरी अर्को बैठकमा पेश गर्ने समेत निर्णय गरिएको छ ।

यस्तै बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई नेपाली कांग्रेस कानून विभागको प्रमुखमा र प्रमुखको सिफारिसमा १० जना सदस्यहरु मनोनयन गरेकोमा सभापतिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार