मुसिकोटमा पहिरोले चार घुम्ती पसल बगायो

मुसिकोटमा पहिरोले चार घुम्ती पसल बगायो

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटस्थित राप्ती राजमार्ग अन्तरगत खलंगा सल्ले सडक खण्डको पातुखोलामा पहिरो गएको छ ।

लगातारको बर्षाको कारण आज शुक्रबार बेलुका पहिरोले पातुखोला सडक छेउमा सञ्चालनमा रहेका चार वटा किराना तथा फलफूल पसल बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार पहिरोले चार वटा घुम्ती पसल क्षतीग्रष्त भएका छन् । उहाँका अनुसार क्षतीको विवरण भने एकिन हुन बाँकि रहेको छ ।

मानविय क्षति भने नभएको प्रहरीको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार