सिसमहलमा शिवको मूर्ति प्रतिस्थापन

सिसमहलमा शिवको मूर्ति प्रतिस्थापन

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ सोलाबाङमा निर्माण गरिएको कलात्मक सिसमहल मन्दिरमा शिवको मूर्ति प्रतिस्थापना गरिएको छ ।

आज एक कार्यक्रमका बिच सिसमहल मन्दिरमा शिवको मूर्ति प्रतिस्थापना गरिएको हो । मूर्ति प्रतिस्थापन गर्नुअघि शिवको मूर्ति सहित स्थानीयहरु बाजासहित सोलाबाङ बजार परिक्रममा गरेका थिए।

मन्दिर परिसरमा विवाह मण्डपका साथै अन्य संरचनाहरु समेत बनाईएको छ । मन्दिरको भित्र सिसाका टुक्राहरु चप्काएर बुट्टा भरिएको छ भने सिसाका कलात्मक फूलहरु बनाईएको छ । मन्दिरको भित्रिभागमा चार फिट माथि ऐनाहरु राखिएको छ भने सिलिङगमा समेत सिसाका बुट्टाहरु राखिएको छ ।

शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिका सचिव बिमल शर्माले मन्दिर निर्माणका लागि हालसम्म एक करोड पाँच लाख ४९ हजार रुपियाँ खर्च भएको बताउनुभयो । यस मन्दिरमा हालसम्म कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मार्फत डिभिजन वन कार्यालयको ७५ लाख, मुसीकोट नगरपालिकाको २८ लाख, बैदेशिक रोजगारीमा रहेका स्थानीयको एक लाख सात हजार र स्थानीयले देउसीभैलो खेलेर संकलन गरेको एक लाख ४२ हजार रुपियाँ लगानी भएकाे हाे ।

मूर्ति प्रतिस्थापना कार्यक्रममा जिल्ला सम्न्वय प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, पूर्व सचिव भरत कुमार शर्मा, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्र्रमुख, पत्रकार, स्थानीय हरुको लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार