रुकुम पश्चिममा बीपीको जन्मजयन्ती मनाईयो

रुकुम पश्चिममा बीपीको जन्मजयन्ती मनाईयो

मुसिकोट । रुकुम पश्चिममा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती मनाईएको छ ।

नेपाली कांग्रेस रुकुम पश्चिमले मुसिकोट नगरपालिका १ खलंगामा रहेको उहाँको शालिकमा माल्यार्पण गरेर दिवस मनाएको छ । यस अवसरमा नेपालको राजनीति र साहित्यमा बीपीको योगदान चर्चा समेत गरिएको नेपाली काँग्रेस रुकुमका प्रवक्ता लाल बहादुर ओलीले जानकारी दिनुभयो ।

बीपीको शालिकमा फूल, माला, अबिरले माल्यार्पण गर्दै उहाँको योगदानको चर्चा गरेर जन्मजयन्ती मनाईएको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेश समिति सदस्य सीता ओली, नेपाली काँग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारी, कोषाध्यक्ष मोहबिर खड्का, सहसचिव यज्ञ बिष्ट, क्षेत्रीय सभापति एवम् मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, मुसिकोट नगर समितिका सभापति प्रेमबहादुर ओली लगायतका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

महामानव बीपी कोइरालाको जन्म १९७१ असोज २४ गते आजकै दिन भएको थियो । नेपाली राजनीतिमा महामानव बीपी कोइराला एक अमर व्यक्तित्व हुनुहुन्छ । उहाँलाई प्रजातन्त्रका पिता भनेर सम्मान गरिन्छ । बीपी कोइराला र प्रजातन्त्र पर्यायवाची शब्द हुन् । बीपी कोइराला भन्नासाथ प्रजातन्त्र छुट्दैन र प्रजातन्त्रको वकालत गर्नासाथ बीपी कोइरालाको नाम आउँछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार