रुकुम पश्चिममा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

रुकुम पश्चिममा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

मुसिकोट । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै रुकुम पश्चिममा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पश्चिमले आईतबार देखि मुसिकोट नगरपालिका –१ सल्लेमा सहुलियत पसल सञ्चालन गरेको हो ।

कार्यालयका प्रमुख विनोद चन्दका अनुसार कार्यालयले बिक्रि गर्दै आईरहेको खाद्यन्नमा छुट दिएर चामल बिक्रि सुरु गरिएको छ । उहाँका अनुसार हाललाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुमपश्चिममा उपलब्ध चामलमा प्रतिकिलो पाँच रुपियाँ छुट गरेर सहुलियत पसल सञ्चालन गरिएको छ ।

कार्यालय प्रमुख चन्दका अनुसार स्टिम जिरा मसिनो चामललाई प्रतिकिलो ९६ रुपियाँ, अरुवा सोना मन्सुली चामललाई प्रतिकिलो ६५ रुपियाँ, अरुवा मध्ययम चामललाई प्रतिकिलो ६५ रुपियाँ र अरुवा मोटा चामललाई ६३ रुपियाँमा बिक्रि गर्दै आएकोमा आजबाट सबै प्रकारका चामलमा प्रतिकिलो पाँच रुपियाँ छुट दिएर बिक्रि सुरु गरिएको छ।

कार्यालयमा हाल ५५४.५० क्विन्टल चामल मोजुदा रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार