रुकुमेली समाज विकास केन्द्रको अध्यक्षमा केशन कुमार क्षेत्रीयाल

रुकुमेली समाज विकास केन्द्रको अध्यक्षमा केशन कुमार क्षेत्रीयाल

मुसिकोट । रुकुमेली समाज बिकास केन्द्र रुकुमको १९ औं बार्षिक साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न भयको छ । सोमबार सम्पन्न अधिबेशनबाट केशन कुमार क्षेत्रीयालको अध्यक्षतामा संस्थाको नयाँ कार्य समिति चयन भएको छ ।

सस्थाका कार्यकारी निर्देशक नरेन्द्र ओलीका अनुसार क्षेत्रीयालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा शुसिला शर्मा दाहाल, सचिवमा प्रविर ददेल, कोषाध्यक्ष खिमसरा पुन चयन हुनुभएको छ ।

सदस्यहरुमा कमल कुमार शाह, टेक बहादुर बिक, दशरथ नेपाली, रन्जना बिक र राम बहादुर पुन चयन हुनुभएको छ ।

संस्थाका अध्यक्ष नर बहादुर लम्सालको अध्यक्षतामा भएको अधिवेशनमा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय तथा संघ संस्थाका प्रतिनिधि, पत्रकारको आतिथ्यता रहेको थियो ।

२०६१ सालमा स्थापित यस सस्थाले सामाजिक रुपान्तरणको क्षेत्रमा रुकुम पश्चिम, रुकुम पूर्व लगायतका जिल्लामा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार