दोहोरो नागरिकता लिएको अभियोगमा एक जना पक्राउ

दोहोरो नागरिकता लिएको अभियोगमा एक जना पक्राउ

मुसिकोट । रुकुम पश्चिममा झुठ्ठा विवरण पेश गरेर दोहोरो नागरिकता लिएको अभियोगमा  एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सानीभेरी गाउँपालिका ११ जन्मघरभई हाल बाँफिकोट गाउँपालिका वडा नम्वर ३ कोलचौरमा बसाईसराई गरी बस्ने ५४ बर्षीय देव विक्रम सिंह शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले वडा कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा समेत झुठ्टा विवरण पेश गरेर दोहोरो नागरिकता लिएको अभियोगमा शाहलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट झुठ्ठा विवरण पेश गरेको कागजसहित दाखिला हुन आएका शाहलाई रुकुम जिल्ला अदालतबाट म्याद थप गरेर थप अुनसन्धान भईरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

शाहले २०४५ साल साउन १६ गते साबिक जिल्ला प्रशासन कार्यालयबाट दलबहादुर बिकको नामबाट नागरिकता लिईसकेको भेटिएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्वर ३ मा नागरिकता प्राप्तीको निवेदन दिएपछि आफूले नागरिकता नबनाएको बताउँदै सर्जमिन मुचुल्काको लागि समेत शाहले झुठ्ठा विवरण खडा गरेको, वडा कार्यालयबाट सिफारिस बनाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट गत भदौ २७ गते दोश्रो नागरिकता बनाउन सफल भएको खुलेको छ ।

आफ्नो नागरिकतापछि छोरीछोरीको नागरिकता बनाउने क्रममा उहाँले दोहोरो नागरिकता लिएको पत्ता लागेको हो । प्रशासन कार्यालयका अनुसार छोराछोरीको नागरिकताको लागि पेश गरिएको आमाको अभिलेख बुझ्ने क्रममा उनका श्रीमान् र ससुराको विवरण खुलेको र त्यस क्रममा शाहले पहिला नै नागरिकता लिईसकेको खुलेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार