रुकुम पश्चिमसहित तीन जिल्लाका सिडिओको सरुवा

रुकुम पश्चिमसहित तीन जिल्लाका सिडिओको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले रुकुम पश्चिमसहित तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाएको छ । बिहीबार (आज) रुकुम पश्चिम, म्याग्दी र कालिकोट जिल्लामा  नयाँ (प्रजिअ) लाई पठाइएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार गृह मन्त्रालयका उपसचिव कुल बहादुर जि.सी. रुकुम पश्चिम, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल म्याग्दी र गृहकै उपसचिव नारायण प्रसाद भट्टराईलाई कालिकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै रुकुम (पश्चिम) का (प्रजिअ) हरिप्रसाद पन्त र म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको यसअघि नै सरुवा भएसँगै रिक्त रहेको थियो भने जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार