कपुरकोट-राम्री सडक खण्डमा ३ दिन ठूला सवारी साधन सञ्चालन रोक

कपुरकोट-राम्री सडक खण्डमा ३ दिन ठूला सवारी साधन सञ्चालन रोक

काठमाडौँ । राप्ती राजमार्गको कपुरकोटदेखि राम्रीसम्मको सडक वर्षाका कारण पहिरोले क्षतिग्रस्तभएपछि सडक डिभिजन कार्यालय दाङले मर्मतका लागि भन्दै शुक्रबारदेखि आईतरबासम्म उक्त सडक खण्डमा तीन दिनका लागि ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

बिहीबार सुचना प्रकासन गरेर कार्यालयले ठूला सवारी साधन (टिपर, ट्रक) सञ्चालनमा रोक लगाएको हो ।

कपुरकोटदेखि राम्रीकोबीचमा पहिरो जाने मात्र नभई सडक समेत भासिएकाले रोक लगाईएको सडक डिभिजन कार्यालय दाङ सूचना अधिकारी ईन्जिनियर उज्वलकुमार झाले बताए ।

भारवहन गाडीलाई रोक लगाएपनि अन्य गाडीहरु भने सुचारु रहेका र यात्रुहरु आउजाउ गरिरहेका उनले जानकारी गदिए । ‘ठूला सवारी साधनका कारण भासिएको सडक अझ बढि क्षति हुनसक्छ । चाडपर्व नजिकिँदै गरेको बेला लामो समयसम्म सवारी साधन चल्न नसक्ने हुनसक्छ । त्यहि भएर समयमै सजगता अपनाउँदै टिपर, ट्रक जस्ता भारवहन गाडीलाई रोक लगाउनु परेको हो’ उनले भने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार