काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
हाल सर्वोच्चमा ४ जना न्यायाधीश रिक्त रहेको र निकट भविष्यमा दुई न्यायाधीश रिक्त हुने भएपनि अरू पद रिक्त राखेर उनीहरूलाई मात्रै सिफारिस गरिएको हो ।
