झ्याप्ले खोलामा बस र माइक्रो पुुरिदा १४ जनाको शव फेला

नागढुंगा नौविसे सडक खण्डको

झ्याप्ले खोलामा बस र माइक्रो पुुरिदा १४ जनाको शव फेला

नागढुंगा नौविसे सडक खण्डको

काठमाडौँ । बाढीपहिरोका कारण धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ।

लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको बसबाट ९ जना गरी जम्मा १४ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन्।

शव हाल घटनास्थलमा राखिएको छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए।

देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबीसे–नागढुंगा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन खण्ड क्षतविक्षत छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार