बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

काठमाडौँ । मकवानपुरको मनहरीमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा  ३० जना घाइते भएका छन् । सोमबार दिउँसो मनहरी गाउँपालिका–६ चौकीटोल स्थित पूर्व पश्चिम राजमार्गमा सो दुर्घटना भएको हो ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाइतेहरुको मेडिकल कलेज चितवन र हेटौंडा अस्पतालमा उपचार भई रहेको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार