सशस्त्र प्रहरी बल नं. ४७ गुल्मको सातौं स्थापना दिवस मनाइयो (तस्बिरहरू)

सशस्त्र प्रहरी बल नं. ४७ गुल्मको सातौं स्थापना दिवस मनाइयो (तस्बिरहरू)

मुसिकोट । रुकुम पश्चिम स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ४७ गुल्म हेटक्वाटरको स्थापना दिवस मनाइएको छ । बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर गुल्मको सातौं स्थापना दिवस मनाइएको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक मदन बहादुर धानुकको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । दिवसको अवसरमा सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रकाश थापाले विर अमर सशस्त्र प्रहरीको तस्विरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ४७ गुल्म रुकुम पश्चिमले उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी कर्मचारी र पूर्व सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ ।

यस्तै दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रमाण पत्र वितरण तथा गुुल्मलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो।

कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिका नगर प्रमुख पुष्प बादी, जिल्ला समन्वय समितिका उप-प्रमुख देवबहादुर विक, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी., श्रेस्तेदार मन्दिरा शाही, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजाली, तत्कालिन जिल्ला विकास समिति रुकुमका पूर्व सभापति एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य खेममान खड्का, नेपाली काँग्रेसका सचिव परमेश्वर भण्डारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, पत्रकार महासंघ रुकुम पश्चिका अध्यक्ष लक्ष्मण केसी, जिल्लास्थित विभिन्न कार्यालय प्रमुख, पत्रकार, पूर्व सशस्त्र प्रहरी बलका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन सशस्त्र प्रहरी सहायक निरीक्षक मोहन डाँगीले गर्नुभएको थियो ।

तस्बिरहरू :

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार