मुसिकोट । रुकुम पश्चिममा ६९ औं प्रहरी दिवस मनाइएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजनामा विभिन्न कार्यक्रम गरेर प्रहरी दिवस मनाइएको हो ।
प्रहरी नायव उपरीक्षक नवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी.को प्रमुख आतिथ्यता रहेको थियो । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी जी.सी. ले जिल्ला प्रहरी कार्यालय परिषरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । सो पश्चात उपस्थित सहभागीहरुले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश प्रहरी निरीक्षक बखत बहादुर शाहीले वाचन गर्नुभएको थियो ।
दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी, अमर प्रहरी परिवार, जग्गादाता, पूर्व प्रहरी कर्मचारी र समाजसेविलाई सम्मान गरिएको छ ।
यस्तै दिवसको अवसरमा संचालित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिका नगर प्रमुख पुष्प बादी, जिल्ला समन्वय समितिका उप-प्रमुख देवबहादुर विक, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी., श्रेस्तेदार मन्दिरा शाही, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजाली, नेपाली काँग्रेसका सचिव परमेश्वर भण्डारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, पत्रकार महासंघ रुकुम पश्चिका अध्यक्ष लक्ष्मण केसी, जिल्लास्थित विभिन्न कार्यालय प्रमुख, विभिन्न संघ संस्थामा प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन प्रहरी निरीक्षक ऋषि पाठकले गर्नुभएको थियो ।
तस्बिरहरू :















