सासंद धनबहादुर केसीद्धारा विभिन्न योजनाको अनुगमन

सासंद धनबहादुर केसीद्धारा विभिन्न योजनाको अनुगमन

रुकुमकोट । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसीले रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ र ७ का विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । बिहिबार सासंद केसी सहितको एक टोलीले दुई वडामा सञ्चालनमा रहेका संघिय सरकार, प्रदेश सरकार र स्थानीयतह मार्फत निर्माण भैरहेका योजनाहरुको अनुगमण गरेको हो ।

अनुगमनका क्रममा नाथिगाड खोला पुल, दुई वडामा निर्माण भैरहेका विद्यालय भवनहरु, सभाहल, सडक, सिंचाईकुलो लगायत योजनाको अनुगमण गरिएको बताइएको हो । अनुगमण क्रममा प्रदेश सभा सदस्य केसीले कुनै पनि विकास निर्माणको योजनामा राजनिति नर्गन समेत अनुरोध गर्नुभएको छ । विकास निर्माणका काम र विकासे योजनाहरु जनताको लागि भएको भन्दै उहाँले धेरै ठाउँमा विकास निर्माणको विषयमा राजनिति हुने गरेको बताउनु भयो ।

तर रुकुम पूर्वमा हुने विकास निर्माणको योजनाहरुमा राजनिति नहुनेमा आफु विश्वस्त रहेको उहाँको भनाई थियो । विकास निर्माणको काममा राजनिति भएकै कारण भनेको समयमा काम सम्पन्न नहुने गरेको र विकासको गति सुस्त हुने गरेको उहाँको भनाई थियो ।

जुनसुकै राजनितिकदलहरुको पहलमा विकासको काम सुरु हुने भए पनि त्यो कामलाई प्रभावकारी र छिटो सम्पन्न गर्न अनुरोध गर्नुुभयो । पूर्वाधारको काममा गुणस्तरलाई ध्यान दिएर दिगो र प्रभावकारी बनाउन पनि उहाँले निर्देशन दिनुभयो। त्यस्तै समयमा काम सम्पन्न हुन नसकेका कामहरुलाई छिटो सम्पन्न गराउनको लागि जिल्लाका सरोकारवालाहरुलाई पनि निर्देशन दिनुभएको छ ।

सासंद केसीले जिल्लाको शैक्षिक क्षेत्रको सुधारको लागि प्राविधिक शिक्षा र आधुनिक भवन निर्माण आफ्नो प्राथामिकता रहेको बताउनुु भयो । त्यस्तै सिस्ने ३ मा रहेको जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक कलु खड्काले बन्द हुने अवस्थामा रहेका प्राविधिक शिक्षालयहरुको संरक्षणमा समेत पहल गर्न सासंद केसीलाई अनुरोध गर्नुभएको थियो ।

अनुगमन टोलीमा प्रदेश सभा सदस्य केसी सहित जिल्ला समन्वय समिति उप–प्रमुख मोहन केसी, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने, जिल्ला समन्वय अधिकारी रविन्द्र बुढा, प्रहरी नायव उपरिक्षक माधव खरेल, सिस्ने गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हेराम खड्का, वडा नम्बर ७ का अध्यक्ष ससिधर बुढा लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार