काँग्रेस रुकुम पूर्वद्धारा भेटघाट तथा शुभकामना आदानप्रदान

काँग्रेस रुकुम पूर्वद्धारा भेटघाट तथा शुभकामना आदानप्रदान

रुकुमकोट । नेपाली काँग्रेस रुकुम पूर्वको आयोजनामा विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ ।

आज पार्टीका नेता तथा कार्यकर्ताहरु र जिल्लाका विभिन्न सरोकारवाला निकायहरु बिचमा भेटघाट तथा शुभकामना आदान प्रदान गरिएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसील चाडबाडले आपसी भाईचारा, एकता, सुख, शान्ती र समुन्नतीको लागि प्रेरणा प्रदान गर्नुपर्ने बताउनु भएको छ ।

यस्तै सांसद केसीले जनप्रतिनिधिहरु प्रति जनता तथा पार्टी प्रतिनिधिको गुनासो तथा आक्रोश आएको र त्यो आक्रोश तथा गुनासोको बिषयमा छलफल गर्ने भन्दै अहिले शुभकामना आदानप्रदानको कार्यक्रममा आफुले गुनासो र आक्रोशको जवाफ दिन तिर नगएको बताउनु भएको छ ।

नेपाली काँग्रेस रुकुम पूर्वका कार्यवहाक सभापति भिमबहादुर खड्काको अध्यक्षतामा र काँग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख मोहन केसी, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने, काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य सरिता विसी, नेकपा माओवादी केन्द्रका संयोजक कुमारी बराल गौतम, नेकपा एकीकृत समाजवादीका सचिव भुवनेश्वर उपाध्याय, पत्रकार, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार