रास्वपा रुकुम पश्चिमको सभापतिमा ईन्जिनियर शाही

रास्वपा रुकुम पश्चिमको सभापतिमा ईन्जिनियर शाही

मुसिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुकुम पश्चिमको प्रथम भेला सम्पन्न भएको छ ।

शनिबार मुसिकोट नगरपालिका १ बालमन्दिरमा भएको प्रथम भेलाबाट नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

भेलाले ईन्जिनियर मानबहादुर शाहीको अध्यक्षतामा एक जना पछि थप्नेगरी १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको रास्वपा रुकुुम पश्चिमले जनाएको छ । कार्यसमितिको उपसभापतिमा रिमप्रसाद शर्मा, सचिवमा शेखर चन्द, सह सचिवमा मना खड्का गिरी र कोषाध्यक्षमा रमिता खड्का चयन हुनुभएको छ ।

सदस्यहरुमा प्रविन बुढाथोकी, निरज गिरी, चन्द्रबहादुर ओली, शुनिल मल्ल, पवन ओली, दिपेन्द्र विष्ट, शान्ती गिरी र सुमि मल्ल चयन हुनुभएको छ । जिल्ला भेलाबाट आज निर्माण गरिएको तदर्थ समितिले आगामी पार्टीको महाधिवेशन सम्मको लागि काम गर्ने र त्यस पश्चात जिल्लामा नर्या कार्यसमिति निर्माण हुने जिल्ला पार्टी सभापतिमा शाहीले जानकारी दिनुभयो ।

भेलामा पार्टीका प्रमुख सचेतक सन्तोष परियारको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका कर्णाली प्रदेश उपसभापती प्रेम बोहरा, महामन्त्री ललित चन्द, मानव संसोधन विभाग प्रमुख पवनराज देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार