गुडिरहेको बसमा आगलागी, यात्रु सुरक्षित

गुडिरहेको बसमा आगलागी, यात्रु सुरक्षित

काठमाडौं । ललितपुरको सातदोबाटोमा बसमा आगलागी भएको छ ।

आज (शनिबार) अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले जानकारी दिए ।

बसमा आगलागीको कारण खुलेको छैन । चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको थियो । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए ।

सबै यात्रुहरु सुरक्षित रहेको गिरीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार