मुसिकोटमा पाँच दिने योग विज्ञान शिविर सुरु

मुसिकोटमा पाँच दिने योग विज्ञान शिविर सुरु

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट खलंगामा पाँच दिने बृहत् निशुल्क योग बिज्ञान शिबिर सुरु भएको छ ।

मुसिकोट नगरपालिकाको आयोजनमा पंतजलि योग समिति नेपालको सहकार्यमा आजबाट योग शिविर सुरु भएको छ । शिविर मुसिकोट नगरपालिका १ बराहटाकुरा खेलमैदान सञ्चालन गरिएको छ ।

आजबाट सुरुभएको योग बिज्ञान शिविर कार्तिक ९ गतेसम्म दैनिक बिहान ५ बजेदेखि ७ बजे सम्म सञ्चालना हुने मुसिकोट नगरपालिकाले जनाएको छ ।

शारीरिक एवम मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पुर्‍याउने उद्देश्यले शिविर संचालन गरिएको बताइएको छ ।

यस्तै शिविरमा पतञ्जलि योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले प्रशिक्षण गर्नुभएको छ । मानव जिवनमा योगको महत्वपूर्ण भुमिका हुने भएकाले स्वच्छ रहन योगको आवश्यकता रहेको प्रशिक्षक मिश्रले बताउनुभयो ।

शिविरको पहिलो दिन मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उपप्रमुख बिमल कुुमार पुन, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुन, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी., जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजाली, सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष, पत्रकार, जिल्लास्थित विभिन्न कार्यालय प्रमुख, पत्रकार, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार