माओवादीले कात्तिक १० गते खबरदारी सभा गर्ने

माओवादीले कात्तिक १० गते खबरदारी सभा गर्ने

तस्बिर: प्रचण्डको सचिवालय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ।

सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा भएको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकमा खबरदारी सभा गर्ने जानकारी गराएका हुन्।

खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई उनले निर्देशन पनि दिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

माओवादीले विपत् व्यवस्थापनमा सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनता देखिएको आरोप पनि लगाएको छ।

साथै विपदमा बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार चुकेको पनि माओवादीको भनाइ छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार