पुथा उत्तरगंगा गाउँपालिकाको सुनदहमा कार्यपालिका बैठक सम्पन्न

पुथा उत्तरगंगा गाउँपालिकाको सुनदहमा कार्यपालिका बैठक सम्पन्न

तस्बिर : निराजन सिर्पाली

रुकुमकोट । पर्यटकीय स्थलको प्रचारप्रसार तथा संरक्षण गर्न रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकाको ३१ औं कार्यपालिका बैठक पर्यटकियस्थल सुनदहमा सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्वर ३ स्थित पर्यटकीयस्थल सुनदहको प्रचारप्रसार गर्ने उद्देश्यका साथ गाउँ कार्यपालिकाको बैठक सुनदहमा गरिएको गाउँपालिकाले जनाएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीलेका अनुसार बैठकले सुनदह व्यवस्थापन कार्यविधि, बहुमुल्य जडीबुटी व्यवस्थापन तथा संरक्षण कार्यविधि, स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन बाह्य मदिरा नियन्त्रण कार्यविधि पास गर्ने निर्णय गरेको छ ।

त्यसैगरी स्थानीय सरकार गठन भए पश्चात् हालसम्मका सबै बेरुजु फर्छ्यौट गर्नका लागि लेखा समितिलाई जिम्मा दिने तथा त्यसलाई प्रभावकारी बनाउन आवश्यक परे उप समिति गठन गर्ने, विद्यालयको स्थलगत अनुगमन गरि प्रतिवेदन पेश गर्नका लागि कार्यदल समेत गठन गरिएको छ ।

बैठकले स्वास्थ्य, शिक्षा र विकास निर्माण लगायतका विषयमा पनि महत्त्वपूर्ण निर्णयहरू पारित गरेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार