मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडा अध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
आगामी मंसिर १६ गते हुने उप-निर्वाचनको लागि आइतबार नेकपा (माओवादी केन्द्र), स्वतन्त्र उम्मेदवार, नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी) को तर्फबाट गरी ४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालका अनुसार वडा अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत, स्वतन्त्र रुपमा बिरबहादुर बस्नेत, नेपाली काँग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (एकिकृत समाजवादी) को तर्फबाट हंशराज पुरीको उम्मेदवारी दर्ता भएको छ ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका खत्रीलाई नेकपा (एमाले) र जनता समाजवादी पार्टीले समर्थन गरेको छ ।
गत स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको गत वर्ष असामयिक निधन भएको थियो ।