गृह मन्त्रालयको पहिलो त्रैमासिक मूल्यांकनमा डडेल्धुरा र पाल्पा उत्कृष्ट

गृह मन्त्रालयको पहिलो त्रैमासिक मूल्यांकनमा डडेल्धुरा र पाल्पा उत्कृष्ट

काठमाडौं । गृह मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र पाल्पा उत्कृष्ट भएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१–८२ प्रथम त्रैमासिक नतिजामा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र पाल्पाले जम्मा २९.५ अंकमा २९.०७५ अंक प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएका हुन् ।

डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा अहिले उपसचिव चोमेन्द्र न्यौपाने छन् । उनी भदौ २४ गतेदेखि डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् ।

यस्तै पाल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव तोयनारायण सुवेदी रहेका छन् । यद्यपी उनी गत कात्तिक ११ गतेदेखि मात्रै प्रमुख जिल्ला अधिकारीका जिम्मेवारीमा छन् । पहिलो त्रैमासिक मूल्यांकनको बेला प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आनन्द काफ्ले थिए ।

मन्त्रालयले तय गरेका विभिन्न सूचकलाई पुरा गरेका आधारमा गरिएको मूल्याँकनका क्रममा डडेल्धुरा र पाल्पापछि दोस्रो २९.०६५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर दोस्रो बन्न सफल भएको छ ।

मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव तिर्थराज चिलुवाल रहेका छन् । उनी गत जेठ २३ देखि अहिलेसम्म उक्त जिम्मेवारीमा छन् । यस्तै २९.०६२५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय पर्वत तेस्रो हुन सफल भएको छ । पवर्तको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव केदारनाथ शर्मा रहेका छन् । उनी उनी गत जेठ ६ गतेदेखि उक्त जिम्मेवारीमा छन् ।

२९.०४९३ अंक प्राप्त गर्दै चितवन उत्कृष्ठ चौथो जिल्ला बन्न सफल भएको छ । चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा प्रकाश पौडेल रहेका छन् ।

यद्यपी उक्त मूल्यांकन अवधिमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा इन्द्रदेव यादव थिए । उनी गत जेठ २३ देखि कात्तिक ८ गतेसम्म चितनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए ।

यस्तै २९.०४३३ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय कास्की उत्कृष्ट पाचौँमा पर्न सफल भएको छ । कास्कीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव भरणमणी पाण्डे रहेका छन् । उनले उनी गत जेठ २१ देखि अहिलेसम्म उक्त जिम्मेवारीमा रहेका छन् । त्यसपछि क्रममा उत्कृष्टमा तेह्रथुम, कञ्चनपुर, भक्तपुर, धनकुटा, सुनसरी, पश्चिम रुकुम लगायतका जिल्ला रहेका छन् ।

कार्यसम्पादनमा सबैभन्दा कम २०.९०५ अंक प्राप्त गर्दै सबैभन्दा कमजोर देखिएको छ । दोस्रो कमजोरमा मुस्ताङ, खोटाङ, हुम्ला, सिन्धुली र सिन्धुपाल्चोक रहेका छन् ।

सूची:

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार