काठमाडौँ । लामो समयदेखि सुर्खेत विमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा तारा एयरलाइन्सले उडान सुरू गरेको छ।
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको पहलमा बुधबार देखी सुर्खेतबाट कर्णालीका हुम्ला ,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो।
तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीका अनुसार सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ। हप्तामा बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने उनले जानकारी दिए।
त्यसका लागि सुर्खेत– सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको सुबेदीले जानकारी दिए।