नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले कार्यसमितिलाई पूर्णता दिएको छ ।
संघका जिल्ला अध्यक्ष हेमराज केसीले बिहिबार २५ सदस्यीय जिल्ला कार्यसमिति बिस्तार गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल विद्यार्थी संघको बिधान २०२७ को छैटौ संशोधन, २०७६ (संशोधित र परिमार्जित २०७५) बमोजिम जिल्ला कार्य समित बिस्तार गरिएको हो । उहाँले चार वटा विभागहरु समेत गठन गरिएको बताउनुभयो ।
जिल्लाको सानीभेरी गाउँपालिकाबाट संगठन बिस्तार अभियान सञ्चालन गरिने अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।