३ वटा सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

३ वटा सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तुमा तीन सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुर्घटनामा परेको कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका-४ हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला-७ का ४३ वर्षीय निमबहादुर सारू छन्।

सार्कीको कपिलवस्तु जिल्ला अस्पताल तौतिहवामा र सारूको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा दिउँसो मृत्यु भएको थियो। दुर्घटनामा मोटरसाइकल र बसमा सवार ११ जना घाइते भएका छन्।

दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

मोटरसाइकल चालक कपिलवस्तु बुद्धभूमि नगरपालिका-१० पिपरहवाका ५५ वर्षीय रामदास कुर्मी, मोटरसाइकलको पछाडि सवार ५३ वर्षीया मञ्जुकुर्मी, बसमा रूपेन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ६ का २१ वर्षीय यमा मुदिन मुसलमान र कारमा सवार दाङको राप्ती गाउँपालिका-८ बिजौरीका ४९ का गिरबहादुर घर्ती मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए।

घाइतेमध्ये तीन जनाको सिटी अस्पताल भैरहवा र गिरबहादुरको मेडिकल कलेज भैरहवामा उपचार जारी छ। अन्य सामान्य घाइते ७ जनाको भैरहवाको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता माधव विश्वकर्माले भैरहवा-तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका-३ को गुलरीमा तीव्र गतिको बस अनियन्त्रित भइ कारलाई ठक्कर दिएको थियो। त्यसपछि कारमा मोटरसाइकल ठोक्किएको थियो।

भैरहवादेखि तौलिहवा आउँदै गरेको लु २ ख २३१ नम्बरको तीव्र गतिको बस अनियन्त्रित भइ तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर ८ बजेतिर दिएको थियो। त्यसपछि कारसँग लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो।

दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार