लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा बिरेन्द्र बाँठामगर चयन

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा बिरेन्द्र बाँठामगर चयन

मुसिकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति रुकुम पश्चिमको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

आईतबार नेपाली काँग्रेसको पार्टि कार्यालय खलंगामा सम्पन्न भएको अधिबेशनबाट बिरेन्द्र बाँठामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा हिम बहादुर पुन, प्रेमा बुढा मगर, सचिव टेक बहादुर पुन, खिमसरा पुन, सह-सचिव सूचना पुन, टिकाराम कुँवर र कोषाध्यक्षमा कमला बुढा सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै महासंघको सदस्यमा कर्णबहादुर बिष्ट, नवराज विष्ट, लालमाया पुन, पूर्णबहादुर बुढा, ओविलाल राणा, दिपा विष्ट, खडक बहादुर बुढा, भुपेन्द्र बुढा, सन्जय बुढा, निमबहादुर पुन र विना बुढा रहनु भएकोछ ।

महासंघ रुकुम पश्चिमका तदर्थ समितिका अध्यक्ष बिरेन्द्र बाँठामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मान बहादुुर नेपालीको प्रमुुख आथित्यता रहेको थियो । कार्यक्रममा महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्ण बहादुुर राना नेपाली काँग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारी लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार