भूतपूर्व सैनिक तथा प्रहरी संगठनको जिल्ला अध्यक्षमा अतिराम बोहरा

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको जिल्ला अध्यक्षमा अतिराम बोहरा

मुसिकोट । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रुकुम पश्चिमको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

नेकपा एमाले पार्टी कार्यालय बागबजारमा बिहिबार सम्पन्न अधिवेशनले अतिराम बोहराको अध्यक्षतामा सात सदस्यीय नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कमिटी रुकुम पश्चिम सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा हरिराम कुसारी, सचिवमा जनक लामिछाने, सह सचिवमा सन्तोष दाहाल र कोषाध्यक्षमा मान बहादुर खड्का सर्वसम्मत चयन हुनुभएको नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख जीवन खड्काले जानकारी दिनुभयो । संगठनको सदस्यमा त्रिपाल चन्द र थलबिर गिरी चयन हुनु भएको छ ।

संगठनका अध्यक्ष अतिराम बोहराको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख जीवन खडकाको गर्नुभएको थियो ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बिनोद पाण्डेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उदघाटन सत्रमा नेकपा एमाले का पोलिटब्युरो सदस्य तथा नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठनका ईन्चार्ज खेममान खडका, नेकपा एमाले रुकुम पश्चिम जिल्ला कमिटी अध्यक्ष नन्दराम देवकोटा, संगठनका केन्द्रिय सचिव सुधिर थापा, केन्द्रिय उप-महासचिव मदन केसी लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार