सामुदायिक वन अतिक्रमण गरी बनाइएका घर-टहरा भत्काइयो

सामुदायिक वन अतिक्रमण गरी बनाइएका घर-टहरा भत्काइयो

मुसिकोट । रुकुम पश्चिममा सामुदायिक वनको क्षेत्र कब्जा गरी अवैध रूपमा बनाइएका घर तथा टहराहरू भत्काइएको छ ।

जिल्लाको सानिभेरी गाउँपालिका वडा नं १० मा पर्ने मझाउ सामुदायिक वन र चिउरीगैरा सामुदायिक वनमा अतिक्रमण गरी बनाइएका ५ वटा घर टहरा शुक्रबार घर हटाइएको हो । सो क्षेत्रमा ११ घरपरिवारले वन क्षेत्र कब्जा गरेर ५ घरले घरटहरा बनाएका थिए ।

डिभिजन वन कार्यालय अन्तर्गत चौफा सब-डिभिजन वन कार्यालयबाट गएको टोलीले वन क्षेत्र अतिक्रमण गरेर बनाईएका पाँच वटा घरटहरा भत्काईएको हो ।
लामो समयदेखि यी दुवै वन क्षेत्र अतिक्रमण गरी घर तथा टहरा बनाइएका थिए ।

अतिक्रमित घर हटाएर वन क्षेत्र कायम गरिएको डिभिजन वन कार्यालयका प्रमुख शेर बहादुर परियारले जानकारी दिनुभयो । उहाँले सब-डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समुह, जनप्रतिनिधिहरुको रोहवरमा सो क्षेत्रमा बनाइएका  घर-टहरा भत्काईएको बताउनुभयो ।

डिभिजन वन कार्यालयले वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका विभिन्न संरचनाहरु हटाउने र वन क्षेत्र बिस्तारको अभियानलाई तिब्रता दिने जनाएको छ ।

रुकुम पश्चिममा ६४ हजार हेक्टर वन क्षेत्र रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार