रुकुम पश्चिमको आठबिसकोटमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) छोडर ६२ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस आठबिसकोट नगर समितिले शनिबार आयोजना गरेको खुला आमसभा कार्यक्रममा माओवादी र एमाले कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एवम् कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मान बहादुर नेपाली, जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओली लगायतले नव प्रवेशीहरुलाई नेपाली कांग्रेसमा स्वागत गर्नुभएको हो ।
नव प्रवेशीहरुले विगतमा आफू आवद्ध पार्टीमा रहदा समाजको विकास भन्दा पनि व्यक्तिको स्वार्थसिद्धिका काम हुने, नातावाद र कृपावाद हुने भएकोले जनताको असल पार्टी नेपाली कांग्रेस नै रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेस रुकुमका पार्टी प्रवक्ता लाल बहादुर ओलीका अनुसार प्रवेश गर्नेहरुमा आठबिसकोट नगरपालिका वडा नम्वर ५ का दल बहादुर बिक, शान्त बहादुर बिक, सविता बुढा लगायतको टोली रहेको छ भने वडा नम्वर ९ बाट परबिर दमाई, मन बहादुर बटाला लगायतको टोली रहेको छ ।
त्यसैगरी वडा नम्वर ४ का सेते बिष्ट, कर्णबहादुर जैसी लगायतको टोली कांग्रेस प्रवेश गरेको छ भने वडा नम्वर १० बाट लंक बहादुर शाही, धन कुमारी शाही, बिमला नेपाली लगायतको टोली रहेको छ ।