काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको संयोजनको जिम्मा पुनः कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पाउनुु भएको छ ।
सरकारका काम प्रभावकारी बनाउन कांग्रेस र एमालेले गत कातिक १५ गते संयन्त्र बनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चारचार जना सदस्य हुनुहुन्छ।
संयन्त्रमा कांग्रेसका तर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा हुनुहुन्छ। एमालेबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहनु भएको छ ।
संयन्त्रको पहिलो बैठक गत कातिक २१ गते बसेको थियो । उक्त बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एकरएक महिनाका दरले गर्ने निर्णय गरेको थियो ।निर्णयअनुसार कात्तिक २१ देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गरेका थिए । मंसिर २१ देखि पुस २० गतेसम्म एमाले नेता ईश्वर पोखरेलले गर्नुभएको थियो ।
त्यसयता पुनः कांग्रेस उपसभापति खड्काले संयोजन गर्न थाल्नु भएको छ।