काठमाडौँ । बसको ठक्करबाट एक महिलाको मृत्युको बिषयलाई लिएर पीडित पक्षले दिउँसो २ बजेदेखि तुलसीपुर बजार बन्द गराउनुका साथै यातायाताका साधनपनि सञ्चालन हुन दिएका छैनन् ।
आक्रोसित स्थानीयले तुलसीपुरको बीरेन्द्र चोकमा टायर बालेका छन् । त्यसले गर्दा यातायातका साधन ठप्प प्राय छन् ।
तुलसीपुर उपमहानगरपालिका –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट मृत्यु भएको थियो । पैदल हिडिरहेकी मगरलाई बाटो पार गर्दै गर्दा बसले ठक्कर दिएको थियो ।
बजार बन्द तथा यातायात अबरुद्ध गर्नु भन्दा पहिला आक्रोसित स्थानीयले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेका थिए । छलफलमा कुरा नमिल्ने भन्दै पीडित पक्ष बार्ता स्थलबाट उठेर आइ बजार बन्द गराउन लागेका थिए । प्रहरीले पीडित पक्षलाई संझाइ बुझाइ गर्ने काम भइ रहेको हुँदा छिट्टै समस्या समाधान गर्ने प्रयास भइ रहेको जानकारी दिएको छ ।
बस चालक तुलसीपुर – ६ का ४२ बर्षीय खिमराज वली प्रहरी नियनन्त्रणमा छन् ।